काठमाडौं । विश्वमा एकैदिन तीन लाख बढी मानिसहरुमा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ११ हजार ९ सय ९७ जनामा कोरोना संक्रमण भएको हो । यसरी विश्वमा कोरोना संक्रमतिको संख्या तीन करोड ४१ लाख ४६ हजार १ सय ४ पुगेको छ ।
त्यसै विश्वमा एकैदिन कोरोना संक्रमणबाट ६ हजार १ सय ५९ जनाले ज्यान गुमाएका छन् । ययसरी विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख १८ हजार १ सय ६८ पुगेको छ ।
त्यस्तै विश्वमा दुई करोड ५४ लाख ९ हजार ६ सय ६५ जना उपचारपछि निको भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।