सुरेशकुमार पाण्डे
"निरञ्जन ! तिमीहरू कलेजमा अध्ययन गर्न आउँछौ कि राजनीति गर्न?-प्रोफेसर रघुले निरञ्जनलाई आफिसभित्र बोलाएर हकार्दै भने ।
"सर ! के भयो ? मैले त कुनै स्कुलको मर्यादा विरुद्धमा केही गरेजस्तो लाग्दैन ?"-निरञ्जनले आश्चर्य मान्दै प्रतिप्रश्न तेर्स्यायो ।
"मलाई थाहा छ' तिमीहरू कलेजको अनुशासनविपरीत विद्यार्थीहरूलाई भड्काउँदै छौ" प्रोफेसर रघु अलि चर्को बोल्दै भने ।
"हामीले कुनै राजनीति गरेका छैनौँ । बरू गलत राजनीतिका विरोधमा विद्यार्थीहरूलाई सङ्गठित गर्दै छौँ ।"- निरञ्जनले आफ्नो पक्ष राख्यो ।
कस्तो हो त्यो गलत राजनीति भनेको अनि तिमीहरूले गर्ने कस्तो हो त्यो सही काम मलाई बताऊ"-प्रोफेसर रघु चर्को स्वरमा भने ।
"कलेजमा अध्ययन गर्न आएका विद्यार्थीलाई राजनीतिक पार्टीहरूले आआफ्नो झोले बनाउन खोज्दै छन् । हामीले त्यसो गर्नुहुँदैन यो हाम्रो क्याम्पसको आचारसहिंताका विरुद्ध छ भनेर विरोध गरिरहेका छौँ। अब भन्नुहोस् सर,कुन ठीक हो कुन वेठिक ?" निरञ्जनले भन्यो ।
प्रोफेसर रघु आफैँ कुनै अमुक पार्टीका नेता थिए । उनीसँग कुनै उत्तर थिएन ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।