✍️ सुनिता निरौला पौडेल
"पर्सीतिर रोपाइँ हो घरमा, सुन्तली आइज हइ ! म पनि तेरो रोपाइँको दिनमा सघाउन आउँछु नि ! "
" ल ल आउँछु । तर, कति गरामा रोपाइँ गर्ने हो र ? "
"धेरै हइन तेस्तै १५-२० गरामा ।"
" भोलि मासुभात पकाएर राख, म आउँछु ।" यति भनेर पल्लाघरे काँइलाकोमा सुन्तली गईन् ।
"के गर्दै हो सेती ? तिमीलाई त बिदेशतिर पैसा कमाउन व्यस्त भएर फोन गर्न पनि फुर्सत छैन । "सुन्तलीले बिदेशमा बस्ने साथीलाई फोनबाट कुराकानी गरिन् ।
"हो नि सुन्तु ! साँच्चै भन्या ,यता बिदेशतिर समयको कस्तो महत्त्व छ । सेकेन्डको समय नि खेर जाँदैन,घडीको सुइमा चल्नुपर्छ। "सुन न म अर्को महिनामा नेपाल आउँछु । धेरै बेरसम्म बसेर भलाकुसारी गर्नुपर्छ । "सेतीले उता फोनबाट भनिन् । "ल ल आउन पहिले तिमी नेपाल ।"सुन्तलीले भनिन् ।
"कति दु:ख गर्छौ सुन्तली,यो खेतबारी र तिम्रो दु: ख देख्दा माया लाग्यो मलाई । उतातिर त काम गर्न सके पैसै पैसा छ ।"
"हेर सेती ! मलाई त यो मातृभुमिको धेरै माया लाग्छ । यहीँ जन्मे हुर्केँ । बुढा भएका आमा बालाई कसरी छोडेर जाने,दाजु भाउजुले यहाँ छोडेर बिदेशतिरै जानुभयो । अहिले म उहाँहरुको सहारा बनेको छु नजाने म । "अलि भावुक भएर भनिन् उनले ।
"हो ! त्यहाँ सुख सुबिधा र रमाइलो छ होला ? मान्छु,तर यहाँको जस्तो खुसी चाहिँ कोही पनि छैनन् । "सुन्तलीले गर्वका साथमा भनिन् ।
भक्तपुर : राधे राधे निकोशेरा।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।