सुरेशकुमार पाण्डे
"तिमीलाई आफ्नो सफाइमा केही भन्नु छ ?"-सरकारी व़किलको दलिल् पछि जज् रामु तिर हेर्दै सोधे ।
"सर ! हामि परदेशी हौं । एकै ठाउंमा बसेका आकास्मिक् कतैबाट गोली चल्यो र साथिलाई गोली लाग्यो । मैले भाग्नु भन्दापनि आफ्नो ज्यानको प्रभा नगरी साथिलाई लिएर अंबुलेन्समा अस्पत्ताल पुराउंदा पुराउंदै उस्को दु:खद् मृत्यु भयो ।
माईबाफ म निर्दोश छु ।"-रामु भावुक भयो दुबै हात जोडेर जज् तिर हेरिरह्यो ।
"तिमी निर्दोश भएको के प्रमाण छ ?" व़किल फेरी ग्रजियो ।
" मलाई मेरो साथिको मृत्युको अघात दु:ख छ । भगुवान सांच्चि छन् मैले कुनै अपराध गरेको छैन ।"-रामु आकासतिर हेर्दै बिन्ति बिसायो ।
"यो' अदालत हो ! यहाँ भावनाका भेल होइन प्रमाण चाहिन्छन् । प्रमाणका आधारमा फैसला सुनाउंन म मान्ननिय जज् साहिवलाई अनुरोध गरें।"-व़किलले आफ्नो कुराको बिट मार्दै भन्यो ।
" यी सबै मेरा मलामि रहिछन् । म जलेको तमासा हेरिरहेकाछन् ।"- रामुले अदालतभित्र मौन बसेका मानिस तिर नजर घुमायो र मनैमन भन्यो ।
"सबै गवाहरूको बयान तथा प्राप्त सबुतको आधारमा अदालत यो नतिजामा पुग्यो ।
यसले अपराध नगरेका प्रमाण जुटाउंन सकिन यसले अपराध गरेकै हो।यसलाई सजाए मृत्यु दण्ड दिनुपर्छ ।"जज् ले फैसला सुनाउंदै भन्यो ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।