बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा: क्रान्तिको महत्व !

लघुकथा: क्रान्तिको महत्व !

मेगा खबर संवाददाता

१०, फाल्गुण २०८०
  • 874
    SHARES

  • लघुकथा:  क्रान्तिको महत्व  !

    सुरेशकुमार पाण्डे 

    "जीवन बित्यो,देश सकियो यस्तो अवस्थामा फेरिपनि उही रटान क्रान्ति,आखिर क्रान्तिको के अर्थ रह्यो र सर ?" विनयले निरास हुँदै प्रश्न गर्यो ।

    "क्रान्तिको सधै महत्व रहिरहन्छ । हिंजो राणाको सासन थियो त्यसको विरूद्धमा आन्दोलोन भयो । आखिर राणाको सासन गयो, त्यसको फाइदा आर्कोले पायो । तीस वर्ष सम्म उनिहरूले पालो पाएरै सासन गरे ।"
    तर सर सर्वसाधार्ण जनताले केपायो ?" नविनले विचैमा प्रश्न थप्यो ।

    उनिहरूलाई पनि जनताले फाले अहिले गणतन्त्र आएको छ । जसमा धेरैले मन्त्री बनेकाछन् ,मुख्य मन्त्री बनेकाछन् जनताका छोरा प्रधान मन्त्री गृह मन्त्री छन्।"- जागेस्वरले लामू उधारणदिंदै क्रान्तिको प्रसंसा गर्यो ।

    "सर ! हामिले क्रान्तिको नाउँमा कहिले सम्म बलिदान दिने आफ्नो' यी अवसरबादीहरूका लागि ?"विनयले सोध्यो ।
    "यसको निश्चित समय हुँदैन । हाम्रो कर्तव्य आन्दोलन गरिरहने हो । क्रान्ति भनेको त दृघाकालिन योजना हो । हाम्रा पालामा नभए छोरा नातिको पालामा होला कहिले त होला ।" - नेता जागेस्वरले नविनलाई सम्झाउँदै भन्यो ।

    "ए - ए ! योत छोरा नाती समेतलाई बलि चढाउँने योजना पो रहिछ । 
    "सर ! यो देश नै रहिन भने क्रान्तिको के अर्थ रहला ?"- नविनले आफ्नो टाउको कनाउँदै भन्यो ।"
    यसपाली नेता जागेस्वर बसेको कुर्ची खालि थियो ।

    दाङ घोराही १८

    बिहिवार, फाल्गुण १० २०८००६:१९:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार