सुनिता निरौला पौडेल
आफ्नो रोजाइमा बिहे गरेको थियो उसले । धनी परिवारको केटी भएर होला,अलिक अहम् थियोे उनलाई ।
बुडाले घरमा गएर बसम् न भन्दा अस्वीकार गर्थिन् ।
ऊनी गर्भवती भएपछि घरमा लगेको थियो,उसले । सासुआमाले बुहारीलाई खुब माया गर्थिन्।हरेक कुरालाई सकारात्मक ढंगले संस्कारी हुन् सिकाउँथिन् । बुहारीलाई भने सासुले दिएको संस्कारी कुरामा कुनै चासो थिएन् । राम्रो कुरामा पनि खोट लाउथिन् । " बुहारी यसरी तिमिले बसि राख्यो भने बच्चा पाउन गार्हो हुन्छ।हल्का फुल्का काम गरेपछि पाउनलाई सहज हुन्छ ।
" आमा मलाई थाहा छ,के गर्ने,नगर्ने भनी हजुर को जस्तो जमाना हैन ।" बुहारीको जवाफ आयो । बुहारी अलिक दिनको लागी माइत गएकी थिईन् ।
घरमा अचानक,पुलिस आएर आमा छोरालाई समातेर लग्यो । "बाबु ! हामीलाई किन यसरी समातेको ?"
"हाम्रो के गल्ती थियो र ?"
" यो काम कस्को आदेशले गरेको ? "भन्दै थिए उनीहरू । "जे भन्न्नु छ,पुलिस चौकीमा आएर कुरा गर्नु । तपाईंको बुहारीले उजुरी हालेको हो ।"पुलिसले भन्यो ।
चौकी पुगेपछि बल्ल उनीहरूलाई थाहा भयो की "सासुले कुटपिट गरी उनको बच्चा खेर गएको र घरायसी शोषण पनि गरेको आरोपमा उजुरी परेको रहेछ ।"
भक्तपुर - राधे,राधे निकोशेरा
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।