काठमाडौं, फागुन ७ गते, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरूपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिए ।
उनले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै सङ्घर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धिको रक्षा,यसको सुदृढीकरण र जीवनस्तर अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताए । ‘‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ ।
नेपालको संविधानले अख्तियार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित,व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील छ ।’’मन्त्री शर्माले भने,‘‘अब राजनीतिक उपलब्धिको रक्षा,यसको सुदृढीकरण र जीवनस्तर अवस्था बदल्न महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ । यसका लागि फेरि एकपटक हामी सँगसँगै हुन जरुरी छ ।
सरकारले सुशासन,सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व,र जनताको जीवन रूपान्तरणमा सिङ्गो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको छ ।’’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।