बुबाले शिरकाे टोपी निकालेर केश काटेकाे दिन
आफ्नो मुटुको टुक्रा पराईलाई दान गरेर अंश काटेकाे त्यो दिन
अब यो छोरी मर्दासमेत जुठो बार्न पर्दैन रे भन्दा मुटु फाटेकाे त्यो दिन
माइती रुवाउदै आफू पनि रुदै डाँडा काटेकाे त्यो दिन
बुबा आमाले भन्नु भो जाउ छोरी जुग जाने घर
अब तिमिले कहिल्लै केही कुराको चिन्ता नगर्
यहि भनि दिनु भो बिदा,रातो घुम्टो ओढेर निस्कदा
पहिराइ प्रणय माला ओढाइ प्रेमिल छाता
बनेको दुइटा आत्मा असीम हाम्रो नाता
पति-पत्नीमा हर्षोल्लास मुस्कान अनन्त
हाम्रो सुमधुर वैवाहिक १२ औँ बसन्त
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।