मेघराज पौड्याल
बुढो ज्ञानले देश निर्माण गर्छ
नियाँ पूर्ण आत्मा बुढाकै ठहर्छ
न आवेगमा काम गर्छन् बुढाले
मिठो भावना पोख्न सक्छन् कुराले ।।१।।
न लोभी न पापी हुने शुद्ध आत्मा
कुराबाट नै बुझ्न सक्छन् परात्मा
बुढा नित्य कर्तव्य निर्वाह गर्छन्
परीपक्क शिक्षा दिँदै ज्ञान भर्छन् ।।२।।
न कुण्ठा बुढा भित्र हुन्छन् बसेका
पराधीनताले हुँदैनन् कसेका
नियाँ सत्यतामा रहन्छन् समान
दसी सार टेकेर खोज्छन् निदान ।।३।।
जहाँ वृद्धको मान सम्मान हुन्न
त्यहाँ पार्वती बास कैल्ये रहन्न
सदाचारले पूर्ण पारिन्छ गेह
निराहारले शुद्ध हुन्छन् अजेय ।।४।।
बुढा भित्र सद्भावना छन् लुकेका
समीक्षा गरौँ वृद्ध छैनन् चुकेका
मिठो भावनाका बुढा हुन् भकारी
गरूँ नित्य सेवा नबोलूँ हकारी ।।५।।
गरी नित्य आराधना गेह भित्र
असन्तुष्ट जो तुष्ट हुन्छन् विचित्र
पिता पूज्य माता र पाको अरूमा
गरौँ नित्य सम्मान पुर्खाहरूमा ।।६।।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।