बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गजल: तिमीलाई देख्दा

गजल: तिमीलाई देख्दा

मेगा खबर संवाददाता

४, फाल्गुण २०८०
  • 1.6K
    SHARES

  • गजल: तिमीलाई देख्दा

    रामचन्द्र काफ्ले

    “ तिमीलाई देख्दा ”

    जिन्दगीको चौबाटोमा तिमीलाई भेट्दा 
    पग्लिएथ्यो मुटु मेरो तिमीलाई देख्दा  

    तुफान सरि ल्याइदियो जीवनमा आँधी 
    आजै देखि राँखे जीवन तिमीलाई बाँधी 

    तिल्मिलाए नयन यि तिमीलाई देख्दा 
    जिन्दगीको चौबाटोमा अनायाशै भेट्दा

     दृष्टि सबै बन्द भयो अरुतिर हेर्ने 
    हिम्मत कतै पलाएन आफ्नो दृष्टि फेर्ने 

    शरीरका रौं त सबै ठाडा भए जस्तो 
    साइत यो दृष्टि पर्ने मिलिगयो कस्तो 

    कम्पन छुट्यो लर्वराएँ जमिनमा टेक्दा 
    नजर बन्द हुन खोज्यो तिमीलाई देख्दा 

    शरीर भित्र नदेखिने अग्नि ज्वाला दन्क्यो
    एकै नजर पर्दा मानस मुटु सम्म रन्क्यो 

    अग्नि ज्वाला रुमलियो मन पोल्यो धेर 
    जवाफमा एकै नजर तिमि पनि हेर 

    ताप बढ्यो शरीरमा तिमीलाई हेर्दा 
    लग्यो चक्कर दृष्टिलाई अरुतिर फेर्दा 

    पसिनाको भल छुट्यो सागर सरि तन 
    काँपे ओठ सक सकाए औंला आतुर मन                                          

    शुक्रवार, फाल्गुण ४ २०८००५:२३:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार