सुरेशकुमार पाण्डे
गजल
अचेल मानिस किन असाय र लाचार हुन्छ,
छोरा छोरीलाई आमा र बा ठुलो भार हुन्छ ।
निर्णय कार्यन्वयन किन हुन सक्दैन साच्चै,
केन्द्रीयता लागुगर्न नेतालाई धेरै हतार हुन्छ ।
जहाँ मुना र मदनका कथा हुन्छन् समाजमा,
भन जनता त्यहाँ देश सँग कसरी प्यार हुन्छ ।
तिमीले सधै भन्नेगर्छौ देश विदेशीले नै लुट्यो,
किन नलुटोस् उस्ले लुट्ने सधै आधार हुन्छ ।
जिउँदा सँग लड्छौँ विरहरूको समाज हो यो,
साँच्चै हो मुर्दा सँग मात्र डरले हाहाकार हुन्छ ।
जिवित छँदा त खुब गालि गर्दै श्रापथ्यो उसैले
मरेपछि लासमा झण्डा उडाउँने व्यवहार हुन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।