बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

प्रणय दिवस, लघुकथा - सुन्दरी

प्रणय दिवस, लघुकथा - सुन्दरी

मेगा खबर संवाददाता

२, फाल्गुण २०८०
  • 1.0K
    SHARES

  • प्रणय दिवस, लघुकथा  - सुन्दरी

     सुनिता निरौला पौडेल 

    "आमा ! तौलिया ,साबुन बिर्सिएँछु,खै  दिनुन "

    "महिनामा एकदिन नुहाउनु छ,त्यै पनि बिर्सने के ! आँफुले नुहाउने भनेपछि सबै लिएर जानु नि ! जति भने पनि यसलाई नलाग्ने " आमाले रिसाउँदै भन्नुभयो ।

    " लौ।। सेम्पो पनि सकिएको रहेछ आमा "

    "अब त्यसै नुहाउ है छोरा "

    बगैँचाबाट फुल टिपी आमालाई ल्याएर दियो । खुशी हुँदै उहाँले

    "धन्यवाद छोरा ! पूजाको लागि फूल टीप्न जान लागेको,ल्याईदिस् "   

    " म  तपाईंलाई धेरै माया गर्छु  "

    " के भन्छ हौ ,यो केटाले? "

    "आज "प्रणय दिवस "को दिन सुन्दरीलाई शुभकामना दिन रियल्सल गर्या के ।" छोराले हाँस्दै भन्यो ।

    " जुँगाको रेखी पनि राम्रोसँग बस्या छैन प्रणय दिवस "के भन्या हो छोरा माया त सँधैभरी पो हुन्छ ,बर्षमा एकदिन गरेर हुन्छ र !

    " आज सरस्वती पूजा " बिद्याकी देवीको आराधना गरन "आमाको  कुरै नसुनि बगैँचातिर लाग्यो ।

    त्यहाँ  एउटा फूल टीप्यो अनि   सुन्दरीलाई भेट्न गयो ।

    " सुन्दरी ,प्रणय दिवसको शुभकामना "भन्दै फूल उनलाई दियो ।

    "आहा!! साना ,कति राम्रो फूल ,अझै २-४ वटा फूलहरु ल्याउन "

    " किन र सुन्दरी??? "अचम्म मान्दै भन्यो उसले ।

    " घरबाट ८-१० वटा फूलहरु ल्याएको थिएँ ,सबै सकियो  "

    भक्तपुर - राधे राधे निकोशेरा ।

    बुधवार, फाल्गुण २ २०८००९:३८:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार