बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आध्यात्मिक परोपकार संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आध्यात्मिक परोपकार संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • 1.3K
    SHARES

  • आध्यात्मिक परोपकार संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौँ,  माघ २१ गते, “रक्तदान नै जिवन दान हो” भन्ने मुल नारामा साथ आध्यात्मिक परोपकार संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    गत सनिबार काठमाण्डौ महानगरपालिका ४ धुम्बाराही स्थित संस्थाको कार्यालय परिसरमा भएको सो कार्यक्रममा ४५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा १०८ श्रीमद्भभागवत् वाचक पं.भवानन्द पौंडेलले समेत सहभागि भई रक्तदान समेत गर्नुभएको थियो ।

    कार्यक्रममा ११० जना भन्दा संस्थाका सदस्यहरु लगायत बिभिन्न समाजसेवी ब्यक्तिहरुको सहभागिता रहेको आध्यात्मिक परोपकार संस्थाका कार्यकारी अध्यक्ष बलराम पौड्यालले समेत जानकारी दिनुभयो । उहाले संस्था स्थापनाको १८ बर्षमा हरेक बर्ष नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिदै संस्था धार्मिक तथा सामाजिक कार्यमा समेत क्रियाशिल रहदै आएको बताउनुभयो । उहाका अनुसार संस्थाले १०८ भागवत् संकल्प सहित पं. भवानन्द पौडेलबाट स्वदेश तथा बिदेशमा समेत भागवत् ज्ञानको प्रवचन एवं प्रचार गरी हिन्दु धर्मको संरक्षण गर्ने अभियान संचालन समेत गर्दै आएको छ ।  

    आइतवार, माघ २१ २०८००३:११:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार