बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गजल

गजल

  • 826
    SHARES

  • गजल

    सुरेशकुमार पाण्डे

    देश भरिका जनताको समस्याले विलाप हुन्छ,
    यो अवस्थामा नेता बिदेश भ्रमणमा टाप हुन्छ ।

    दुबैले भन्छन् राष्ट्रियता गणतन्त्रको हितेसि हौँ,
    फेरी किन एक आपसमा अनाप सनाप  हुन्छ ।

    कुन प्रतिगामी कुन विदेशीको दलाल के भनौँ,
    सबैको अनुहारमा लगाउने उस्तै जिराप हुन्छ ।

    नेता बनेपछि  कुनै नियममा बस्नु पर्दैन होला,
    कानुन भन्ने त जनतालाई मात्र करकाप हुन्छ ।

    मर्दा मलामी जानपनि हैशियत चाहिन्छ होला,
    गरिबको आसुँ भन्दा धनीकै बढी सन्ताप हुन्छ ।

    गरिब मुक्तिका नारा लगाउँछन् धेरै पार्टीहरूले,
    व्यवहारमा धनमानको हितमा सहिछाप  हुन्छ ।

    मलामी पनि झोलेकै घरमा बढी गएको देख्दा,
    इमान्दार सँग त  सधैभरी सधै वे इन्साप हुन्छ ।

    लाश सँग पनि राजनीति हुने गर्छ हाम्रो देशमा,
    हिंजो आज उल्टै इमान्दार भए झनै पाप हुन्छ ।

    दाङ घोराही १८

    आइतवार, माघ १४ २०८००४:३७:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार