बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आकाश एयरद्वारा बोइङका १५० वटा बोइङ ७३७ म्याक्स विमान माग

आकाश एयरद्वारा बोइङका १५० वटा बोइङ ७३७ म्याक्स विमान माग

  • 847
    SHARES

  • आकाश एयरद्वारा बोइङका १५० वटा बोइङ ७३७ म्याक्स विमान माग

    काठमाडौँ, माघ ४ गते, भारतको नयाँ वायुसेवा कम्पनी आकाश एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।

    गत जनवरीको सुरुमा अलास्का एयरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपत्कालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेटविमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ ।

    आकाश एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८–२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भारतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए । सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकाश बोइङको बलियो सहयोगी रहँदै आएको छ ।

    प्रमुख कार्यकारी अधिकृत दुबेले भने,“आकाश एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।

    बिहिवार, माघ ४ २०८००५:०८:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार