सुरेशकुमार पाण्डे
गजल
आफ्नो रगत छर्यो देश विशाल बनायो,
टिष्टा देखि सतलज सम्म नेपाल बनायो ।
उठायो चन्द्रमा र सुर्य अङ्कित झण्डा,
रत बाइसे र चौविसियको काल बनायो ।
सबै नेपालीहरू एउटै मालामा उने पछि,
एउटै सिमाना ढाक्ने यो सञ्जाल बनायो,
सगरमाथा बनायौँ अनी फैबताल देशमा,
मधेश बनायौँ पहाड सँगै हिमाल बनायो ।
पृथ्वी जयन्तीले एकताको संदेश बोक्छ,
सलाम छ आफ्नै छातीलाई ढाल बनायो ।
संसारमै देश गुलाम हुनदिएन देशभक्तले,
मन मष्तिकमा एकताको मिसाल बनायो ।
सबै जात जाति भाषा भासि अटाउँनुपर्छ,
जिवनभरी नकुनै जातिय पर्खाल बनायो ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।