बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा थप चार ‘एक्सरे मेसिन’ जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा थप चार ‘एक्सरे मेसिन’ जडान

  • 790
    SHARES

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा थप चार ‘एक्सरे मेसिन’ जडान

    काठमाडौँ, पुस  १९ गते,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार  एक्सरे मेसिन जडान गरिएको छ ।

    ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको  जानकारी दिए । उनले भने,“पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चारवटा एक्सरे मेसिन थपिएको छ ।

    भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ,अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ ।”नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम) कलेजसँग सम्झौता गरेर १५  विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको प्रमुख डा पाण्डे बताए । उनका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहज हुने देखिएको छ ।

    बिहिवार, पौष १९ २०८०११:०६:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार