बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वीर अस्पतालका बिरामीको खानाको बजेट कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर

वीर अस्पतालका बिरामीको खानाको बजेट कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर

  • 958
    SHARES

  • वीर अस्पतालका बिरामीको खानाको बजेट कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर

    काठमाडौँ,  पुस १६  गते, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बिरामीको खाना र अक्सिजनको बजेट कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

    अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,अर्थ मन्त्रालय,चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालविरुद्ध सोमबार रिट दायर गरेका हुन् । खाना,औषधि र अक्सिजन अस्पताल र अस्पतालमा भर्ना भएका बिरामीका लागि आधारभूत सुविधा हुन् ।

    अस्पतालमा भर्ना भएको बिरामी भनेको दुनियाँकै कमजोर प्राणीको रूपमा रहेको हुन्छ। व्यक्ति बिरामी हुँदाको उद्देश्य स्वास्थ्य लाभ बाहेक अरू हुँदैन । बिरामी भएको समयमा परिवार, अस्पताल र सरकारले सहयोगी र सहाराको भूमिका खेल्नुपर्दछ,रिट निवेदनमा भनिएको छ,बिरामी व्यक्तिलाई उपचार गर्न अस्पताल ल्याइएपछि उपचारको प्रशासनिक व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी अस्पताल र सरकारको हो ।

    बिरामीले अस्पतालबाट प्राप्त गर्नुपर्ने सबै उपचार र सेवा-सुविधा प्राप्त गर्ने अधिकार रहन्छ । सरकारले कुनै पनि अस्पतालमा खाना, औषधि,अक्सिजन,पानीजस्ता आधारभूत सुविधा कटौती गर्नु अमानवीय र आपराधिक कार्य हो ।

    सोमवार, पौष १६ २०८००५:२८:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार