बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गजल

गजल

  • 892
    SHARES

  • गजल

    सुरेशकुमार पाण्डे

    गजल

    उकाली ओराली बन जङ्गल सुन्दर लाग्छ,
    हिमाल  पहाड र तराई आफ्नै  घर लाग्छ ।

    सगरमाथा संसारमै अग्लो छ मेरो देशको,
    हावा पानी र प्रकृतिको नै धेरै भर लाग्छ ।

    हिमचुली पग्ली बग्छन् खोला मेरो देशमा,
    सधै तिनैमा पौडिने आफुलाई रहर लाग्छ ।

    दुष्टको दृष्टीमा परेको हिमाली काख हाम्रो,
    स्वर्गतुल्य देश धेरै उपक्षित् वेखबर लाग्छ ।

    विर नेपाली पौरखी सन्तानको बसेरा यहाँ,
    जीवन शङ्घर्षकै यो महाना सफर  लाग्छ ।

    भोका लोभि नेता  नागरिक सोझा पौरखी,
    त्यसैले पल्किएको बिदेशी गुप्तचर लाग्छ ।

     

    आइतवार, पौष १५ २०८०१०:५७:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार