बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतमा कोरोनाको नयाँ भेटियो भेरियन्ट

भारतमा कोरोनाको नयाँ भेटियो भेरियन्ट

  • 937
    SHARES

  • भारतमा कोरोनाको नयाँ भेटियो भेरियन्ट

    काठमाडौँ,  पुस ४ गते, भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।

    समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ । जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए ।

    डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो । विश्व स्वास्थ्य संगठनको अनुसार नयाँ भेरिएन्टको संक्रमण ज्वरो,नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिन्छन् । कोरोना भाइरसले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सर्तक हुनुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जन भट्ट अहिलेसम्म पुरानै ओमिक्रोन भेरियन्ट पत्ता लगाएको छ । भारतमा पनि नयाँ भेरियन्ट पुष्टि हुनुले नेपालमा पनि जोखिम थपिएको भन्दै अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको उनले बताए ।

    बुधवार, पौष ४ २०८००२:५८:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार