काठमाडौँ, पुस २ गते, सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ ।
विद्यार्थीहरूले समयमै एनओसी नपाएको भन्दै विरोध गरिरहेका छन् । भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो । गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकेको थिएन ।
तीनचार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए ।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।