काठमाडौं, मङ्सिर १९ गते, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले प्रतिष्ठानले स्तन क्यान्सरविरुद्धको मेटास्टेटिक (चौथो स्टेज) को हार्मोन पोजेटिभ भएका बिरामीलाई राइबोसिक्लिब लेट्रोजोल भन्ने ट्याब्लेट स्तन क्यान्सरका बिरामीलाई निःशुल्क उपलब्ध गराउन थालेको जानकारी दिए ।
अस्पतालबाट अहिलेसम्ममा ४ जनाले सेवा लिइसकेका छन् । डा.शाहीका अनुसार यी औषधिहरू मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी छन् । युएसएफडीए मान्यता प्राप्त यो औषधि युरोप अमेरिकामा पहिलो रोजाइमा पर्दछ । किमो थेरापीको विकल्पमा स्तन क्यान्सर भएकालाई यो औषधि दिइने उनले जानकारी दिए ।
उनले भने,“यो औषधि क्यान्सर उपचारका प्रयोग हुने किमोथेरापीको विकल्पमा आएको एक किसिमको टार्गेटेड थेरापी हो । यो औषधि किमोको तुलनामा बढी प्रभावकारी भएको अध्ययनहरूले पुष्टि गरेको छ ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।