✍️ सुनिता निरौला पौडेल
चारैतिर भित्तामा राखिएका तस्वीरहरु नियाल्दै अगाडि बढ्दै थिईन् उ । एकोहोरो परको तस्वीरमा उनको आँखाले हेरिरहेको थियो । चित्रमा ,एउटी आमाले आफ्नो सन्तानलाई स्तनपान गरिरहेकी, शिशु आमाको काखमा बसेर रमाएको , मातृवात्सल्यता झल्किएको थियो त्यहाँ ।
" मलाई पनि आमा बन्ने रहर लाग्यो बुढा " पुर्लुक्क आफ्नो पतितर्फ हेरेर भनिन् उनलेे । " हुन्छ नि ! तिमीलाई रहर लाग्यो भने हामी एउटा सन्तान बनाउने सोच गरौंन त ।"
केही समयमा दम्पतीले सोँचे जस्तै एउटा सन्तानको रुपमा छोरा जन्मियो पनि । ज्योतिषी र हेराउने जुराउनेमा धेरै विश्वास थियो उनीहरुलाई । अस्पतालमा उनिहरुले शिशु कस्तो ग्रहमा जन्मिएछ भनी ज्योतिषीलाई बोलाएर हेराए ।
" मुल नक्षत्रमा जन्मिएको छ छोरा । यो बच्चाले आमा बाबालाई पिर्छ ।" पात्रो पल्टाउँदै ज्योतिषीले भने,शिशुको अनुहार नै नहेरी आमा र बाबाले अस्पतालमै छोडेर अलप भए ।
एकजना नि: सन्तान दम्पतीले त्यो शिशुलाई अस्पतालबाट हात पारे। उनीहरूले उत्साह पूर्वक त्यो बच्चा आफ्नो घरमा लगे। जुन दिन देखि शिशु त्यो घरमा ल्याए, यो दिन देखि उनीहरुको भाग्य नै चम्कियो। त्यो दम्पतीले शिशु ठुलो भएपछि उसलाई अस्पतालबाट ल्याएको जानकारी दिएका थिए ।
एकदिन उ मन्दिर दर्शन गर्नलाई गयो।फर्कंदा मन्दिर बाहिर पेटीमा सार्है दु: खी चिन्तित बुढाबुढी देखेर नजिकै गएर सोधपुछ गर्यो।उनीहरु धेरै दिनदेखि भोकै भएको कुरा सुन्दा माया र दया जाग्यो उसलाई । अनि होटलमा लगेर खाना खुवायो ।
" धेरै वर्ष पहिले यो नजिकैको अस्पतालमा आफ्नो मायाको टुक्रा छोरालाई ज्योतिषीको कुरा सुनेर हामीले बिश्वास गरि अनुहार नै नहेरी छोडेर गएका थियौं ।सायद त्यसैको श्रापले होला आज दु:ख पायौं । "
"तिमीलाइ देख्दा उसको याद आयो छोरा " भनी गहभरी आँसु खसालेर रुन लागिन्ऊ,नी । आमाको कुरा सुनेर उसको मानसिकता खल्बलियो । ऊ झसङ्ग झस्कियो । एकाएक बिजुली चम्के झैँ भयो ।
आमा।।। भन्न खोजेको, उसको बोली नै निस्केन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।