बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब कडा रोगहरूका औषधि नपाइने

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब कडा रोगहरूका औषधि नपाइने

मेगा खबर संवाददाता

१४, मंसिर २०८०
  • 850
    SHARES

  • स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब कडा रोगहरूका औषधि नपाइने

    काठमाडौँ, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब कडा रोगहरूका औषधि नपाइने भएको छ । ८ वटा कडा रोगका औषधि अब विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत पाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    २०७९ वैशाख १ देखि स्वास्थ्य बीमा बोर्डमार्फत विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत सेवा दिइएको थियो । स्वास्थ्य बीमा कार्यक्रम मार्फत पाउँदै आएको मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको औषधि उपचार सहुलियत अब नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट पाइने भएको हो ।

    स्वास्थ्य मन्त्रालयले कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि २०७८ लाई खारेज गरी मन्त्रालय मातहत फर्काएको हो । अर्थात् स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० स्वीकृत गरी लागु गरिएको हो । कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि कार्यान्वयनमा आएको एक वर्ष बितेलगत्तै मन्त्रालयले खारेज गरेको हो । सरकारले एकद्वार प्रणालीबाट स्वास्थ्य सेवा दिने भने पनि एक वर्ष नबित्दै आफ्नो निर्णय उल्ट्याएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार यस अघि विपन्न नागरिक औषधि उपचार कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाटै सञ्चालन हुँदै आएको थियो । निर्देशिका २०७५ संशोधन गरी २०७७ बाट नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्ड अन्तर्गत लगिएको थियो ।

    बिहिवार, मंसिर १४ २०८००१:०८:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार