बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

श्रमिक अलपत्र पार्ने म्यानपावर निलम्बन, यि कम्पनी कालोसूचीमा

श्रमिक अलपत्र पार्ने म्यानपावर निलम्बन, यि कम्पनी कालोसूचीमा

मेगा खबर संवाददाता

२५, कार्तिक २०८०
  • 1.1K
    SHARES

  • श्रमिक अलपत्र पार्ने म्यानपावर निलम्बन, यि कम्पनी कालोसूचीमा

    काठमाडौँ, श्रमिकलाई साउदी अरब पुर्‍याएर अलपत्र पार्ने म्यानपावरहरुलाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ । 

    साउदीको रियादस्थित पुर्‍याएर श्रमिकलाई दुई महिनादेखि अलपत्र पारेको पाइएपछि विभागले दैलेख ओभरसिज प्रालिलाई वैदेशिक रोजगार ऐन २०६३ दफा ६१ (६) र (७) अनुसार निलम्बन गरेको हो ।

    उक्त म्यानपावरले श्रमिकहरूलाई रियादको अब्दुल्लाह विन एस्सा बिन हमाद अल वेडन जनरल कन्सल्टिङ नामक कम्पनीका लागि पठाएको थियो । त्यहाँ श्रमिकहरूले काम तलब नपाएको र निकै दयनीय अवस्था भोग्नु परेको भन्दै स्वदेश फिर्तीका लागि विभागमा उजुरी समेत परेको थियो ।

    साउदीस्थित नेपाली दूतावासले अनुगमन गर्दा २५ जना श्रमिकहरूलाई एउटै कोठामा अव्यवस्थित तरिकाले राखिएको,तलब तथा खान पनि नदिएको भेटिएको थियो । केही श्रमिकहरू बिरामी अवस्थामा पनि भेटिएको विभागले जनाएको छ ।

     

    शनिवार, कार्तिक २५ २०८०११:३३:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार