बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या

मेगा खबर संवाददाता

१५, कार्तिक २०८०
  • 997
    SHARES

  • वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या

    काठमाडौँ, कात्तिक १५ गते, वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।

    उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवम् अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ ।  

    फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको उनले बताए । अधिकृत शाहीले,“काम पूर्णरुपमा असर परेको छैन,केही समस्या भएको छ,प्राविधिक साथीहरुले केही दिन यतादेखि काम गरिरहेका छन् ।”

    बुधवार, कार्तिक १५ २०८००३:०९:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार