एजेन्सी– विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ लाख ८० हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या ९ लाख ८० हजार २ सय ९९ पुगेको हो।
हाल विश्वभर संक्रमितको संख्या ३ करोड २० लाख ९१ हजार २ सय ५७ पुगेको छ भने २ करोड २१ लाख १० हजार ४ सय ९ जना निको भएका छन्।
सबैभन्दा धेरै मृत्यु अमेरिकामा २ लाख २ हजार ७ सय २८ जनाको भएको छ। ब्राजिलमा १ लाख ३८ हजार ९ सय ७७, भारतमा ९१ हजार १ सय ४९, मेक्सिकोमा ७४ हजार ९ सय ४९, बेलायतमा ४१ हजार ९ सय ९१ र इटालीमा ३५ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ। यस्तै, पेरुमा ३१ हजार ८ सय ७०, फ्रान्समा ३१ हजार ५ सय २४, स्पेमा ३१ हजार १सय १८ र इरानमा २५ हजार १५ जनाको मृत्यु भएको छ।
संक्रमितको संख्याका हिसाबले पनि अमेरिका नै अगाडि छ। त्यहाँ ६९ लाख ७४ हजार ४ सय ४१ जना संक्रमित भएका छन्। यस्तै, भारतमा ५७ लाख ३२ हजार ५ सय १८ र ब्राजिलमा ४६ लाख २४ हजार ८ सय ८५ जना संक्रमित भएको तथ्यांक छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।