✍️कल्पना भण्डारी
काठमाडौं, कात्तिक २ गते विदेशबाट जेठाे छाेराले फाेन गर्यो "आमा ! मैले हजुरकाे नाममा पैसा पठाएकाे छु । राम्रोसँग दसैँ मनाउनुहोला है ?" आमाको उत्तर आयो "बाबु ! तँ अर्काकाे देशमा गएर ताताे घाममा दिनरात नभनी खटिएको छस् के खसी काट्नु र बाबु । अर्को वर्ष तँ आइज अनि सँगै बसेर दसैं मनाऔँला ।" आमाकाे कुरा सुनेर छाेराले भन्यो "आमा ! अरुसँग पिर मानेर नहिड्नुहोला । म पैसा कमाउन गएकाे किन पिर मान्नुहुन्छ ।" आमा पिर दबाएर भनिन् "हुन त हाे तर बाबु सबैका छाेरा साथमा छन् ।" छोराले जिज्ञासा राख्यो "आमा ! तल्ला घरकाे सुन्दरकाे के छ खबर ? " के हुनु र बाबु ? तँ परदेश गएदेखि हाम्रोमा फर्केर आएको छैन"। आश्चर्य मान्दै छोराले भन्यो "हाे र मलाई त मैले आमालाई रेखदेख गर्छु भनेर अस्ति पैसा मागेर लग्याे ।" आमाले दु:ख मानेर थपिन् । "हाे र ? किन दिएकाे बाबु ? ऊ त गाउँमा झगडा गर्ने र रक्सी खाने गर्छ रे भन्ने सुनेकाे छु पैसा नदे है बाबु ?" भनेर फाेन राखिन् ।
फाेन राख्नेबितिकै सुन्दरकी आमा आइन् । "दिदी अँध्यारो मुख पार्नुभएछ । के भयाे ?" आमाले दिक्क मानेर भनिन्" के हुनु र? दसैं आयाे, छाेरा परदेशमा छ राम्रोसँग दसैं मनाउनू भनेर फाेन गर्छ । एउटा भएको छाेराेबिना कसरी दसैँ मनाउनु भनेर पिर लाग्याे।" सुन्दरकी आमाले सम्झाइन् -"दिदी पनि ।।। अहिले सबै विदेशमा छन् । के पिर मानेकाे ? मेरो छाेरा पठाउन खाेजेकाे नमानेर कस्तो पिर भएकाे छ" भन्दै सुन्दरकी आमा झोक्राइन् ।
आमाले भनिन् "आफ्नो छाेरा साथमा भएको जस्तो कहाँ हुन्छ र ?" सुन्दरकी आमाले दु;ख पोखिन् "सँगै भएर के गर्नु ? आफूलाई दिनरात रुन परेकाे छ । सधैं पैसा माग्छ । मैले कहाँबाट दिने ?" छिमेकीको कुरा सुनेर सुन्दरकी आमाको पनि मन अलि शान्त भयो । उनले थपिन् "अँ,साँच्चै तपाईंलाई विदेशबाट समान पैसा पठाउँछ हाेला छाेराले ।" आमाले असन्तुष्टि जनाइन् । "एउटी आमाको लागि छाेराछारी टाढिएर पाएका भाैतिक उपहारभन्दा त सँगै बसेर पाएकाे छाेराकाे माया पाे बहुमूल्य उपहार हुन्छ । पठाएको पैसा र सामानभन्दा उनीहरुको माया बढी हुन्छ ।" यति भन्दै गहभरि आँसु पारिन् । बाहिर ढोकामा ढकढक गरेको आवाज भायो । आमाले ढोका खोलिन् । "आमा !! म आएँ नि" भन्दै छोराले आमालाई ढोग्यो र घ्वाप्लाक्क अँगालो हाल्यो ।
सिन्धुपाल्चोक
हाल काठमाडौँ
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।