सुनिता निरौला पौडेल
" ए ! कान्छा ,मलाई पशुपतिमा आरती देखाउन लैजान ! "
"मलाई फुर्सद छैन बा,दाईलाई भन्नु है"भनी अफिस तर्फ लाग्यो उ भोलिपल्ट जेठो छोरालाई भन्दा नि तेही कुरा दोहोरियो ।
सबै सदस्यहरुलाई आरती हेर्न लगिदेउ भन्दा कसैलाई फुर्सद नै छैन भन्ने उत्तर आयो । कृष्ण प्रसाद बा भगवान् का भक्त थिए ।दिनरात पुजापाठमा तल्लीन हुन्थे। बिहान उठेर जप नगरी पानी पनि खाँदैन थिए उनले ।
छोराछोरीहरू सबैजना आ- आफ्नो काममा व्यस्त थिए । " के गर्नु आफ्नो मर्ने बेला भईसक्यो तर कुनै छोराहरुको फुर्सद र समय नै छैन ।" भनेर गहभरी आँसु पारी खुईय्य गरि बसे ऊनी ।
बिरामी भएर थला परे बुढा ।अन्त्यमा उनको मृत्यु भयो। घरमा सबै रुवावासी चल्यो । बुढी छोराछोरीहरू रुन थाले । लासलाई पशुपति आर्यघाट तर्फ लगे । छोराहरुले एक आपसमा कुरा गरे ।
" के गर्नु पशुपति मन्दिरमा , साँझको आरतीमा समेत लान सकिएन बालाई ।
"उहाँको कत्रो ईच्छा थियो पुर्याउन सकेनौँ "भनी फेरि रुन थाले। साँझको आरती सुनेर बाको आत्माले साँच्चै आनन्द मानीरहेको थियो ।
उनको आत्माले चारैतिर आफ्नो नजर डुलाउँदै भन्यो ; " के गर्नु छोरा हो , बाँचुन्जेल तिमीहरुको कहिले फुर्सद भएन ।"
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।