बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नलुटिने बजार कहाँ छ ?

नलुटिने बजार कहाँ छ ?

मेगा खबर संवाददाता

२३, आश्विन २०८०
  • 1.8K
    SHARES

  • नलुटिने बजार कहाँ छ ?

    रामचन्द्र काफ्ले

    गरीबलाई  हेर्छु भन्ने,सरकार कहाँ छ ?
    जनता कतै नलुटिने , बजार कहाँ छ?

    मलाई पर्दा बोल्ने,सरकार कहाँ छ ? गरिबको छानो टाल्ने,दरबार कहाँ छ?

    महंगीको भारमा,बा ले घर धान्नु पर्ने 
    छोरो बन्ने ठुलो मान्छे,आधार कहाँ छ ?

    किसानको पसिना त,मुल्य पानी सरी 
    त्यै पानीलाई हिरा पार्ने,व्यापार कहाँ छ ?

    सालैभरी जोतिदा नि,पोल्टो खाली सधै 
    दुई छाक मीठो खान,आहार कहाँ छ ?

    भईदिन्छ धनकै पक्ष,हाम्रो कानुन पनि 
    हुनेलाई ईनशाफ दिन,हतार कहाँ छ ?

    मैले पनि बोल्न पाउने,हकहितका लागी 
    बोल्नुस न बा त्यो संसार कहाँ छ ?

    मंगलवार, आश्विन २३ २०८००२:५८:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार