✍️सुनिता निरौला पौडेल
" हैन ! अहिलेसम्म खाना पाकेको छैन दुलही ? किन हौ आज भोलि तिमीले ढिलो गर्छ्यौ नि ! " बुहारीलाई सम्झाउँदै आमा भान्साकोठातिर लाग्नुभयो ।
" लौन नि ! किन ढिलो भनेको त मोबाइल पो चलाएर बसेकी ! यो पाराले कसरी खाना पाक्छ ? अस्ति पनि सब्जी डढेर खाईनसक्नु भएको थियो ।" " आमा मैले त्यसै मोबाइल चलाएको छैन । खाना पकाउँदै अफिसको काम गर्दैछु । सब्जी त कहिलेकाहीँ त्यहीँ बसेर पकाउँदा पनि डढ्छ नि !"
" अफिसको काम त उतै पो गर्नुपर्ने हो ! खाना पकाउँदा अलिक ध्यान देउ हइ !" आमा मोबाइलमा दोहोरी गीत हेर्दै आफ्नो कोठातिर लाग्नुभयो ।
"आमा ! अफिसमा आज मिटिङ बस्ने भएकोले अलिक ढिला हुन्छ । नातिनीलाई स्कुलबाट आउँदा खाजा दिनु हइ !" हतारिएर बुहारी अफिसतिर लागिन् ।
"हजुरआमा ! मलाई भोक लागेको छ,खाजा दिनु न । पख् न नातिनी ! एउटा सिरियल सकिन लाग्या छ । "मोबाइलमा व्यस्त हुनुभयो उहाँ ।
केही दिनमा उनी पर सरिन् । आमा भान्से हुनुहुन्थ्यो ।
"अझै खाना पाकेको छैन । अफिस जानलाई ढिलो भयो आमा ।" भान्साघरमा उनी जाँदा दोहोरी गीत हेरेर मस्त हुनुहुन्थ्यो आमा ।
"आमा ।।।। आमा।।।। । खै खान दिनु न । बुहारीले भन्न थालिन् । खाना पस्किँदै भन्नुभयो," बुहारी ! डडेको भातको माम्री त मलाई कस्तो मिठो लाग्छ ।"
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।