बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

च्याउमा लुकेको छ अनगिन्ती लाभ

च्याउमा लुकेको छ अनगिन्ती लाभ

मेगा खबर संवाददाता

१३, आश्विन २०८०
  • 1.0K
    SHARES

  • च्याउमा लुकेको छ अनगिन्ती लाभ

    काठमाडौँ, असोज १३ गते, असाध्यै स्वादिलो हुने च्याउ स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन मुटुका लागि पनि लाभदायी हुन्छ ।  

    वेबएमडीका अनुसार,च्याउ एक तरकारी हो जसमा क्यालोरी धेरै कम हुन्छ,तर यसमा प्रोटिन फाइबरको मात्रा पनि धेरै पाइन्छ । यसका साथै यसमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ,जसका कारण यसले क्यान्सर,अल्जाइमर,मधुमेह जस्ता रोगको जोखिमलाई पनि कम गर्छ । च्याउमा सेलेनियम, कपर, थायामिन,म्याग्नेसियम, फस्फोरस,आइरन र जिङ्क प्रचुर मात्रामा पाइन्छ,जुन हाम्रो स्वास्थ्यका लागि हरेक हिसाबले फाइदाजनक हुन्छ । यति मात्र होइन,यसमा भिटामिन डी सहित धेरै भिटामिन र मिनरल्स पनि पाइन्छ,जसले हाम्रो हड्डी र प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ ।

    यदि तपाईं उच्च रक्तचापको बिरामी हुनुहुन्छ भने च्याउले तपाईंको समस्या कम गर्न मद्दत गर्छ । यसमा पाइने पोटासियमले रगतको नसाको तनाव कम गरी रक्तचाप कम गर्न मद्दत गर्छ । यसमा सोडियमको मात्रा कम हुन्छ,त्यसैले यो रक्तचापका बिरामीका लागि फाइदाजनक हुन्छ । च्याउमा एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । च्याउमा रहेको सेलेनियम, भिटामिन डी र भिटामिन बी ६ ले कोशिकाहरूलाई क्षति हुनबाट बचाउँछ,कोशिकाको वृद्धि बढाउँछ र रक्त कोशिकाहरू बढाउने काम गर्छ । यसरी हाम्रो रोग प्रतिरोधात्मक क्षमता कायम रहन्छ ।

    अनुसन्धानले पत्ता लगाए अनुसार व्यायाम सँगै आहारमा च्याउ समावेश गर्नुहुन्छ भने,यसले तपाईंको वजन कम गर्न धेरै मद्दत गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले कोशिकाहरूको प्रतिरक्षा प्रणाली बढाउँछ,सुजन आदिलाई निको पार्छ र मोटोपनसँग सम्बन्धित उच्च रक्तचापलाई टाढा राख्छ । 

    शनिवार, आश्विन १३ २०८००३:०९:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार