बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डेङ्गुका सङ्क्रमित बढ्दै

डेङ्गुका सङ्क्रमित बढ्दै

मेगा खबर संवाददाता

२६, भाद्र २०८०
  • 1.2K
    SHARES

  • डेङ्गुका सङ्क्रमित बढ्दै

    काठमाडौँ,  भदौ २६ गते हेटौँडा उपमहानगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या चार सय २१ पुगेको छ ।

    उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म  तीन  सय २९ जनामा डेङ्गु  फेला परेको छ । 

    त्यसैगरी थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११,बागमती गाउँपालिकामा २०,मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा दुई,भीमफेदी गाउँपालिकामा  दस,बकैया गाउँपालिकामा १४ तथा  विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा एकजना डेङ्गु सङ्क्रमित  फेला परेको छ ।

    उक्त कार्यालयको विवरण अनुसार सो अवधिमा जिल्लामा एक पुरुषको डेङ्गुबाट मृत्यु भएको थियो । जिल्लामा  सोमबारसम्म  थप १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेकामा हेटौँडा उपमहानगरपालिकामा छ,मकवानपुरगढी गाउँपालिकामा एक, मनहरि गाउँपालिकामा दुई जनाका साथै यहाँ बस्दै आएका अन्य जिल्लाका तीन जनामा पनि  सङ्क्रमण फेला परेको थियो

     जिल्लामा  दैनिक सरदर दसभन्दा बढी व्यक्ति  डेङ्गुबाट सङ्क्रमित भइरहेका अनुमान उक्त कार्यालयले गरेको छ ।

    मंगलवार, भाद्र २६ २०८००२:१०:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार