रामचन्द्र काफ्ले
मेरो बदनाम गरेर आफुले मुक्ती पाउनको लागी
के के जाल रच्यौ तिमि मलाई फसाउनको लागी ।
सबैलाई यथार्थ विवरण बताउछु भनेर होला
प्यारको अभिनय गर्यौ सोधेर सताउनको लागी ।
आखिर जलाउनुपर्ने पनि तिम्रो नियती पो रहेछ
अङ्गार बनाएर छाड्यौ फेरि जलाउनको लागी ।
त्यसैले त लडेर नपुरिने चोट लागेको हो मलाई
भाँचियो डालि पाउदिन अब समाउनको लागी ।
तिमीले मेरा निर्दोष भावनाको शिकार गरे जस्तै
बाघले झै शिकार गर्यो अघाउनको लागी ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।