तिमी अडेको सङ्घार देखें,तिमी फसेको दोधार देखें
अर्को भाषामा भन्ने हो भने,तिमी बसेको ओढार देखें ।।१।।
जुन ऐनामा म बर्षो निहार्थे,एउटा नितान्त एकलो मान्छे त्यसको एकै चर्काइमा आज,मलाई मैले हजार देखें ।।२।।
आएको छैन कुनै भूकम्प,कुनै भूकम्प गएको छैन
भन्नेहरुको परखालमा,टालेको ताजा दरार देखें ।।३।।
दह हेरेर फर्के कोही त कोही तरेनन् देखेर मुल्को
म कम्मर कसी खोज्न के निस्के,फराकिलो एक जङ्घार देखें ॥४॥
अबोधगम्य भो बोधगम्य,भो दृष्टिगोचर गन्तव्य,मार्ग निःशब्दलाई के सशब्द सुनें,अमूर्तलाई के साकार देखें ॥५॥
प्रेरणा मिल्यो,हिजोको कुरा,आँटको धनी मुहार देखें
ज्ञान मिल्यो,आजको कुरा,आँटको पनि प्रकार देखें ।।६।।
बल्ल पो भए प्रष्ट प्रष्ट म,छ इतिहास किन कष्टमा इतिहासको पृष्ट पृष्टमा,अनेक अलिखित ईन्कार देखें ।।७।।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।