बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने

अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने

मेगा खबर संवाददाता

५, आश्विन २०७७
  • 2.8K
    SHARES

  • अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने

    फाईल तस्बिर

    वाशिङटन । स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने उनले बताए । 

    राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था फक्स न्यूजसँग कुरा गर्दै, “मैले शुक्रबार वा शनिबार मनोनयनको घोषणा गर्नेछु र त्यसपछि काम सुरु हुन्छ तर आशा गरौँ यो धेरै का हुने छैन ।” आफूले स्मृति कार्य सकिँदासम्म प्रतिक्षा गर्न चाहेको पनि उनले बताए । 

    रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले राष्ट्रपति पदको निर्वाचन नभएसम्म अर्थात् नोभेम्बर ३ सम्म उम्मेद्वारलाई मतदान गर्न पर्खनु पर्ने तर्कलाई अस्वीकार रिपब्लिकन पार्टीको तर्फबाट आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका राष्ट्रपति ट्रम्पले गरे । 

    “अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्छ । त्यसका लागि हामीसँग प्रशस्त समय छ,” ट्रम्पले भने । एजेन्सी

    सोमवार, आश्विन ५ २०७७०७:०६:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार