बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काभ्रेका छ स्थानीय तहमा डेंगुको संक्रमण

काभ्रेका छ स्थानीय तहमा डेंगुको संक्रमण

मेगा खबर संवाददाता

२३, श्रावण २०८०
  • 1.2K
    SHARES

  • काभ्रेका छ स्थानीय तहमा डेंगुको संक्रमण

    काठमाडौं, साउन २३ गते, काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ स्थानीय तहका सात जनामा डेंगु संक्रमित पुष्टि भएको जनाएको छ ।

    कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक÷एक जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । उनका अनुसार संक्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन् ।

    काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेंगुबाट संक्रमित भइसकेका छन् । डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ । 

    हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेंगुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।  

    मंगलवार, श्रावण २३ २०८००३:००:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार