बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशभर आँखा पाक्ने रोगको समस्या बढ्दै,बच्न के गर्ने, के नगर्ने ?

देशभर आँखा पाक्ने रोगको समस्या बढ्दै,बच्न के गर्ने, के नगर्ने ?

मेगा खबर संवाददाता

१९, श्रावण २०८०
  • 928
    SHARES

  • देशभर आँखा पाक्ने रोगको समस्या बढ्दै,बच्न के गर्ने, के नगर्ने ?

    काठमाडाैँ, साउन १९ गते  देशभर विभिन्न जिल्लामा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ ।

    काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् । 

    उनले भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको उनको भनाइ छ । अधिकारीका अनुसार यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखिएको छ । आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । जुन समुदायमा इपिडिमीक रूपमा फैलिन्छ । त्योचाहिँ भाइरल इन्फेक्सनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ’ उनको भनाइ छ । 

    उनका अनुसार आँखा पाक्ने रोगका साथमा रुघाखोकी र ज्वरो पनि आउन सक्छ । ‘कतिपय व्यक्तिमा भाइरल ज्वरो,भाइरल रुघाखोकी हुन्छ । र, कतिपय व्यक्तिलाई आँखा पाक्ने मात्रै भएर आउँछ ।  यो पटक पहिलेको भन्दा धेरै नै केसहरू पाइरहेका छौं,’उनले भनिन् । गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्ने बताउँदै अधिकारीले भनिन्,धेरै जसो व्यक्तिहरूलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । अप्ठ्यारो महसुस हुने,आँखा रातो हुने,आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरैजसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर बताउछन् । 

    उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरू जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडिदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ । कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्न सक्छ । आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले  भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन् । उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् । 

    डा.बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने,अफ्ठयारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने उनको भनाइ छ । डा.बज्राचार्यले एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने बताइन् । 

    डा.बज्राचार्यले भनिन्,आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ । आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ । आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो ।

    उनले अगाडि भनिन्,आँखा पाक्यो भने उज्यालोमा हेर्न अफ्ठयारो हुने हुन्छ । भाइरस कन्जनटिभाइटिसले आँखाको नानीमा पनि सङ्क्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ । कालो चस्मा लगाउँदैमा अरूलाई नसर्ने भन्ने चाहिँ होइन । आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।’

    आँखा रोग विशेषज्ञहरूले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइँ नगर्न र चिकित्सकसँग परामर्श गर्न आग्रह गरेका छन् । 

    के गर्ने ?

    आँखा चिसोले तथा बरफले सेक्ने

    सफा पानीले आँखा सफा गर्ने

    घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने

    सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने

     के नगर्ने ?

    सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने

    स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने

    अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने

    आफूखुसी औषधिको प्रयोग नगर्ने 

    शुक्रवार, श्रावण १९ २०८०१२:४२:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार