बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघ्यो

कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघ्यो

मेगा खबर संवाददाता

४, आश्विन २०७७
  • 3.7K
    SHARES

  • कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघ्यो

    फाईल तस्बिर

    वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड  नौ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  कोरोना भाइरस सङ्क्रमितको संख्या  तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ ।  

    चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६१ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २५ लाख ८७ हजार ९०५ व्यक्ति कोरोना मुक्त भएका छन् ।

    कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, ६७,४०३ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार ८२४ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

    मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५४ लाख नाघेको छ ।
     
    ब्राजिलमा १,३६,५६५ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८६,७२४ जनाको मृत्यु भएको छ । रुस १०,९७,२५१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,६२,८६५ व्यक्ति सङ्क्रमित छन्।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ । एजेन्सी

    आइतवार, आश्विन ४ २०७७०१:३१:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार