बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अफगानिस्तानमा तालिबानको आक्रमण, चार प्रहरीसहित २१को मृत्यु

अफगानिस्तानमा तालिबानको आक्रमण, चार प्रहरीसहित २१को मृत्यु

मेगा खबर संवाददाता

४, आश्विन २०७७
  • 1.9K
    SHARES

  • अफगानिस्तानमा तालिबानको आक्रमण, चार प्रहरीसहित २१को मृत्यु

    फाईल तस्बिर

    फैजाबाद । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकूहरु नै मारिएका बताइएको छ । 

    त्यसमा परी चार जना प्रहरी पनि मारिएका छन् । आइतबार बिहान ती दुई जिल्लाका सहरमा उनीहरुले हमला गरेका बताइएको छ । सुनियोजित रुपमा एकै पटक ती सहरमा हमला गरिएको अधिकारीहरुले जनाएका छन् । हमलाका क्रममा चार जना प्रहरी पनि मारिएका उनीहरुको भनाई छ । 

    सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको एक सहरमा अरु सात जना मारिएका बताइएको छ । उनीहरुले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए । यस क्रममा १० जना तालिबान लडाकू र अरु सात जना प्रहरी घाइते भएका बताइएको छ । 

    हालैमात्र अफगान सरकार र त्यहाँका ताबिलानहरुबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ । तर पनि उता वार्ता जारी नै रहेका बेला यता तालिबानहरुले भने आक्रमण शुरु गरेका छन् ।

    तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन ।

    आइतवार, आश्विन ४ २०७७०१:०८:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार