बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोनाबाट एक सैनिकको मृत्यु

कोरोनाबाट एक सैनिकको मृत्यु

मेगा खबर संवाददाता

४, आश्विन २०७७
  • 1.9K
    SHARES

  • कोरोनाबाट एक सैनिकको मृत्यु

    काठमाडौं । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौं सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो  । 

    यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । 

    आइतवार, आश्विन ४ २०७७१२:२७:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार