बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु

खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु

मेगा खबर संवाददाता

२१, आषाढ २०८०
  • 967
    SHARES

  • खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु

    बुधबार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ ।

    एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका अनुसार सिलिण्डरबाट चुहिएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हो । दुई र पाँच वर्षका बालबालिकाले ज्यान गुमाएका उनले बताए । श्वासप्रश्वास प्रणालीमा नाइट्रेट ग्यासको प्रवेशसँगै उनीहरूको ज्यान गएको उनले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । घटनास्थलमा खोज तथा उद्धार जारी छ ।

    प्रारम्भमा खानीमा विष्फोट भएको जानकारी प्राप्त भएपछि सुरक्षा तथा उद्धारकर्मी घटनास्थलमा पुगेका तर त्यहाँ विष्फोट नभई ग्यास चुहिएको वास्तविकता खुलेको प्रवक्ता तलाडीले बताएका छन् ।  

    बिहिवार, आषाढ २१ २०८००३:१७:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार