बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्वास्थ्यमन्त्री बस्नेतद्वारा पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

स्वास्थ्यमन्त्री बस्नेतद्वारा पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

मेगा खबर संवाददाता

१७, आषाढ २०८०
  • 1.0K
    SHARES

  • स्वास्थ्यमन्त्री बस्नेतद्वारा पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

    काठमाडौँ, असार १७  गते, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिएका छन् ।

    फोक्सोमा समस्या देखिएपछि उनलाई  शुक्रबार  वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार डा.अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको छ । 

    यसैबीच मन्त्री बस्नेतले आजै वीर अस्पतालमा आफ्नो दाँतको उपचार गराएका छन् । अस्पतालका निर्देशक डा.पौडेलका अनुसार आज बिहान उनले दाँतको उपचार गराएका थिए ।   

    आइतवार, आषाढ १७ २०८००१:५२:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार