एजेन्सी । भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्स (गश्ती गर्ने क्षेत्र) मा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको खबर प्रकाशित भएको छ।
भारतको अंग्रेजी पत्रिका द हिन्दूले प्रकाशित गरेको खबरमा उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय सैनिक जान नसकेको उल्लेख छ।
द हिन्दूले वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गरी भारतीय सैनिकले गस्ती गर्न नपाएको उल्लेख गरेको छ। भारतीय सैनिकले बेस क्याम्पबाट ती पोइन्टसम्म गस्ती गर्ने गर्छन्।
सैन्य अधिकारीका अनुसार भारतीय सेनाले गएको अप्रिलदेखि ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७ र १७ ए पेट्रोलिङ्ग प्वाइन्टमा गस्ती गर्न पाएको छैन।
वास्तविक नियन्त्रण रेखा अपरिभाषित रहेकाले कुनै पनि क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्नका लागि पेट्रोलिङ्ग प्वाइन्टमा बस्नु सबैभन्दा उपयुक्त तरिका रहेको ती सैनिक अधिकारीले बताएका छन्।
पछिल्लो केही महिनामा तनाव कम गर्नका लागि भएका वार्ताले बफर जोन बनाएको र त्यसपछि ती प्वाइन्टहरुको चिनियाँ सेनाको कब्जा रहेको ती सैन्य अधिकारीले बताएको द हिन्दूले उल्लेख गरेको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।