वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिए ।
उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए । उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरेको छ ।
मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिए । यसअघि शय्यामा प्रतिदिन दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी नौ सय ६० शय्या छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।