बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बच्चाको दिमाग तेजिलो बनाउन चाहनुहुन्छ ? खुवाउनुहोस् यी खानेकुरा

बच्चाको दिमाग तेजिलो बनाउन चाहनुहुन्छ ? खुवाउनुहोस् यी खानेकुरा

  • 913
    SHARES

  • बच्चाको दिमाग तेजिलो बनाउन चाहनुहुन्छ ? खुवाउनुहोस् यी खानेकुरा

    हरेक क्षेत्रमा उनीहरू अग्रस्थानमा होउन्, परीक्षामा राम्रो अङ्क ल्याउन् भन्ने चाहना पनि पालेका हुन्छन् । बालबालिकाको उचित मानसिक विकास भएमा, स्मरणशक्ति राम्रो हुन्छ ।

    यसका लागि सानै उमेरदेखि उचित आहाराको व्यवस्था गर्नुपर्छ । उनीहरूको खानामा सबै किसिमका पौष्टिक तत्त्वहरू समावेश गरियो भने बच्चाहरुको दिमागको विकास पनि राम्रो हुन्छ र मस्तिष्कले राम्रोसँग काम गर्न सक्छ । भारतकी पोषण विशेषज्ञ लवनीत बत्राले हालै आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट साझा गरेकी छिन् । यसमा उनले केही यस्ता सुपरफुड बारे जानकारी दिएकी छिन्, जुन बालबालिकाको मस्तिष्कको विकासमा निकै फाइदाजनक हुन्छ । 

    बट्स र बीउ

    केही नट र बीउहरू अर्थात् बीउहरूमा मोनोअनस्याचुरेटेड फ्याट र ओमेगा–थ्री प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा मस्तिष्कको विकासका लागि यी सुपरफुडको श्रेणीमा पर्छन् । पिस्तामा ल्युटिन नामक फाइटोकेमिकल हुन्छ । यसले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्नुको साथै, मस्तिष्कको संज्ञानात्मक कार्यलाई पनि सुधार गर्दछ । फर्सीको बीउमा शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्छ, जसले दिमाग र शरीरलाई सुरक्षित राख्छ । यस्तो अवस्थामा नट्स र बीउ कुनै न कुनै रूपमा बालबालिकाको आहारमा समावेश गर्नुपर्छ ।

    पत्तेदार तरकारी

    पालुङ्गो लगायतका तरकारीहरूमा धेरै प्रकारका यौगिक तत्त्व पाइन्छन्, जसले मस्तिष्कलाई सुरक्षित राख्छ । यसमा फोलेट, फ्लेभोनोइड्स, क्यारोटिनोइड्स, भिटामिन ई, के हुन्छ । साथै, क्यारोटिनोइड युक्त खानेकुराहरू आहारमा समावेश गर्नुपर्छ । यसमा, हरियो पत्तादार तरकारीहरू बच्चाहरूको लागि अत्यन्तै लाभदायक हुन सक्छ, किनभने यसले उनीहरूको कग्निटिभ फङ्सनलाई उत्कृष्ट बनाउँछ । 

    दही
    कतिपय खानेकुरा यस्ता हुन्छन् जसमा धेरै आवश्यक पोषक तत्त्व हुन्छन्, जुन बालबालिकाको मस्तिष्क विकासका लागि आवश्यक हुन्छ । तीमध्ये एक हो दही । बालबालिकालाई दही खुवाउनुभयो भने उनीहरूको मस्तिष्कको विकास छिटो हुन्छ । दहीमा आयोडिन हुन्छ, जुन संज्ञानात्मक कार्य र मस्तिष्कको विकासका लागि आवश्यक हुन्छ । यसका साथै दहीमा प्रोटिन, जिङ्क, भिटामिन बी १२, सेलेनियम पनि पाइन्छ जसले गर्दा मस्तिष्कको कार्यक्षमता बढाउँछ । बालबालिकालाई दैनिक एक कचौरा दही खुवाउँदा हड्डी पनि बलियो हुन्छ ।

    फलफूल र गेडागुडी

    यी धेरै स्वस्थ सुपरफुड हुन्, जसले मस्तिष्कलाई धेरै तरिकाले फाइदा पुर्‍याउँछ । यसमा धेरै पोषक तत्त्वहरू हुन्छन् जसले मस्तिष्कलाई स्वस्थ राख्छ र यसको कार्यहरू बढाउँछ । यसमा म्याग्नेसियम, जिङ्क, फाइबर, एन्टिअक्सिडेन्ट र फोलेट पाइन्छ । यी सबैले तपाईंको मुड र मस्तिष्कको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ ।

    होल ग्रेन

    बच्चाहरूलाई हरेक दिन गहुँ, जौ, चामल, ओट्स आदि सम्पूर्ण अन्नबाट बनाइएको परिकार खुवाउनुहोस् । यी मध्ये धेरै अनाजहरू भिटामिन बीले समृद्ध हुन्छन्, जसले मस्तिष्कको कार्यलाई कायम राख्छ र स्मृति बढाउने काम गर्छ । 

     

      

    मंगलवार, आषाढ ५ २०८००६:२१:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार