युबराज कट्टेल ‘चट्टान’
छथर जोरपाटि–३, धनकुटा
मखमली रुमाल ,सुतीको रुमाल, नाइलनको रुमाल
सटको गोजीमा बोक्ने रुमाल, साडीको सप्को कस्ने रुमाल
पसिना पुछ्ने रुमाल,गाजल घस्ने रुमाल
सधा रुमाल , बुट्टे रुमाल
किसिमकिसिमका रुमाल पाइन्छन् बजारमा
तर फरक पाइन्छ मात्र हेर्ने नजरमा !
यतिकैमा एउटा बुढो बटुवाले एकथान रुमाल किन्यो,
अनि त्यही थानबाट एउटी यौबनाले पनि रुमाल किनी
मूल्य उत्तिनै थियो
बुट्टा उस्तै थिए
रंग उस्तै थियो
जवानी पनि उस्तै
लाग्थ्यो दुवै एउटै घामका किरण जस्ता ।
बटुवाले रुमाल किनेर चाउरी परेको आफ्नु अनुहार पुच्यो,
अनि रुमाल गुजमुज्ययो र कमिजको खल्तीमा हाल्यो ।
उसले फेरि रुमाल निकाल्यो र बगेको सिँगान पन्छायो ।
फेरि बटुवाले मुखबाट निस्केको र्याल हटायो
अनि कच्याककुचुक परेको रुमाल कमिजमा राख्यो ।
एकै छिनमा रुमाल दुङदुङ गनाउने भयो ।
यौवनाले रुमाल किनेर चारपाटा मोडेर पट्याई,
कोमल अनुहारको बिचमा हलुका बेसन मिलाई,
गाजल का डोबहरू कोट्याई,
अनि रंगीन झोलामा राखी ।
यौबनाको रुमाल सुगन्धले मगमग बसाउने भयो ।
रुमाल बेच्नेले आँखाबाट आँसुका धारा बगायो
र रुमालको मूल्य निचोर्दै भन्यो सायद्–सायद्
यसरीनै छुट्टिएका थिए होलान् वर्तमानका कुबेर र सुदामाँहरु !
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।