बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी खानेकुराले शरीरमा तीव्र रूपमा बढाउँछ गर्मी

यी खानेकुराले शरीरमा तीव्र रूपमा बढाउँछ गर्मी

  • 1.0K
    SHARES

  • यी खानेकुराले शरीरमा तीव्र रूपमा बढाउँछ गर्मी

    काठमाडौं, जेठ २८ गते, गर्मीमा खानपिनमा विशेष ध्यान दिइन्छ किनभने यो मौसममा कुनै चिजले कहिले हानी पुर्‍याउँछ, त्यो थाहा हुँदैन । यो मौसममा धेरैजसो मानिस चिसो खानेकुरा खान रुचाउँछन् जस्तै आइसक्रिम, कोल्ड ड्रिङ्क वा इत्यादि । तर चिसो देखिने यी खानेकुरा स्वास्थ्यका लागि कति फाइदाजनक छ ? आयुर्वेदका अनुसार यस्ता पाँच खानेकुरा छन् जुन हेर्दा चिसो हुन्छन् तर पेटमा समस्या निम्त्याउँछ । 

    आइस वाटर
    आयुर्वेदले आइस वाटर अर्थात् बरफको पानी स्वास्थ्यका लागि ठिक मान्दैन । यद्यपि, मानिस गर्मीबाट राहत पाउनका लागि यसको प्रयोग गर्छन्, जुन गलत हो । बरफ राखिएको पानी खाँदा तपाईंको पाचन अग्नि शान्त हुन्छ । त्यसैले तपाईंको शरीरले राम्रोसँग पोषक तत्त्वलाई अवशोषित गर्न पाउँदैन र तपाईंले खाएको खानाको पौष्टिक तत्त्व शरीरले पाउँदैन ।

    आइसक्रिम

    गर्मीमा आइसक्रिम सबैभन्दा बढी रुचाइन्छ । तर यो स्वास्थ्यका लागि ठिक होइन भन्ने कुरा थाहा छ ? आइसक्रिममा फ्याट र सुगर अत्यधिक हुन्छ जसका कारण यो सजिलै पच्दैन । यसले पाचन अग्निलाई कमजोर बनाएर पाचन क्रियालाई ढिलो बनाउँछ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ जम्मा हुने गर्छ ।

    गोलभेँडा

    आयुर्वेदमा गोलभेँडालाई तातो खानेकुरा मानिएको छ । यो खाँदा यसको अमिलो स्वादले पित्त दोष बढाउँछ र शरीरमा गर्मी पैदा गर्छ । गर्मीमा गोलभेँडा खाँदा एसिडिटी, छाती पोल्ने र छालामा डाबरको समस्या हुनसक्छ ।

    कागती

    गर्मीको मौसममा पेटलाई शान्त पार्नका लागि मानिस कागतीको प्रयोग पनि व्यापक गर्छन् । बजारमा यसको माग पनि राम्रै हुन्छ । भिटामिन सीले भरपुर कागतीको प्रभाव तातो हुन्छ । यसले शरीरमा गर्मीलाई बढाउँछ । यसको सेवन गर्दा छाती पोल्ने, एसिडिटी र छालासँग सम्बन्धित समस्या हुनसक्छ ।

    दही

    आयुर्वेदमा दहीलाई ब्लकेज पैदा गर्ने मानिएको छ । स्मरण रहोस्, दहीको प्रभाव तातो हुन्छ । त्यसैले यसलाई पचाउन सजिलो हुँदैन । गर्मीमा अग्नि कमजोर हुन्छ र दहीले त्यसलाई कम गर्छ जसका कारण अपच, पेट फुल्ने र शरीर भारी हुने गर्छ ।

     

      

    आइतवार, जेठ २८ २०८००३:१०:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार