बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ग्यास्ट्रिक निको पार्ने यस्ता छन् घरेलु उपाय !

ग्यास्ट्रिक निको पार्ने यस्ता छन् घरेलु उपाय !

  • 853
    SHARES

  • ग्यास्ट्रिक निको पार्ने यस्ता छन्  घरेलु उपाय !

    ग्यास्ट्रिकको समस्या अहिले अधिकांशमा देखिन्छ । ग्यास्ट्रिक हुँदा वाकवाकी लाग्ने, बान्ता हुने, खाना नरुच्ने, नपच्ने पेटको माथिल्लो भाग दुख्ने, पेट फुल्ने, ढ्याउ आउने, छाती तथा पेट पोल्ने समस्या हुन्छ । अमिलो डकार आउने, कब्जियत हुनेदेखि बढ्दै गएमा अल्सरसम्म हुनसक्छ ।

    पिरो, चिल्लो, अम्लीयपन भएका, मसालेदार, नुनिलो खानेकुरा धेरै खाँदा ग्यास्ट्रिकको समस्या हुन्छ । खाना खाने तालिका नमिल्दा पनि ग्यास्ट्रिक हुन्छ । ग्यास्ट्रिक निको बनाउन आयुर्वेदले केही घरेलु उपचार सुझाएको छ ।

    घरेलु उपचार

    पुदिना । पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । यसले पाचनशक्ति बढाउने काम गर्छ । बिहान बेलुका पुदिनाको जुस वा अचार बनाएर खाँदा ग्यास्ट्रिकको समस्या कम हुन्छ ।

    त्रिफला 

    त्रिफलाले पाचन शक्ति बढाउन, कब्जियत हटाउन मद्दत गर्छ । जसले ग्यास्ट्रिक कम हुन्छ । यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ । यो गर्भवती अवस्थामा सेवन गर्नु हुँदैन ।

    जेठी मधु

    तातोपानीमा जेठी मधु घोलेर बिहान बेलुका सेवन गर्ने, खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नुपर्छ ।

    कागती 

    तातो पानी वा चिसो पानीमा बिहान बेलुका कागती राखेर पिउँदा ग्यास्ट्रिकको समस्या समाधानमा फाइदा पुग्छ ।

    पुदिना । पुदिनाको पात सफा पानी वा तातोपानीमा धोएर मुखमा चपाएर राख्न सकिन्छ । त्यस्तै यसलाई बिहान बेलुका जुस बनाएर पनि पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउन मद्दत गर्छ ।

    अमला पाउडर

    दैनिक अमला पाउडर तातो वा चिसो पानीमा मिसाएर दिनको दुई पटक सेवन गर्न सकिन्छ । यसलाई बिहान खाली पेटमा सेवन गर्न सके अझ ग्यास्ट्रिकको समस्याबाट मुक्त गर्न मद्दत गर्छ ।

    दालचिनी

    मसलाको रुपमा घरमा प्रयोग गर्ने दालचिनी खानेकुरा मिसाएर वा चिसो वा तातो पानीमा उमालेर सेवन गर्दा पनि पेटलाई हल्का गराउन मद्दत गर्छ ।

    दही र मोही

    दही फ्रेस भएको खण्डमा खान सकिन्छ । अमिलो दही खान मिल्दैन । मोही बिहान र बेलुका खान सकिन्छ ।

    बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बच्न सकिन्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

    जटिलता

    अल्सर बिग्रिंदै गएर रगत नै बान्ता समेत हुन सक्छ । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले शरीरमा रगत, क्याल्सियमको कमी हुन सक्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

    (आयुर्वेदिक चिकित्सक डा केशरी टेकुस्थित जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित) 

      

    आइतवार, जेठ २८ २०८००६:४९:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार