यदि तपाईंले हरेक दिन एउटा केरा खानुभयो भने तपाईंको स्वास्थ्य राम्रो हुन्छ र तपाईं दिनभर ऊर्जाले भरिपूर्ण रहनुहुनेछ । यो सबै वर्गका मानिसहरूले यसलाई सजिलै आफ्नो आहारमा समावेश गर्न सक्छन् । केरा एउटा यस्तो फल हो,जुन सजिलै हरेक ठाउँमा पाइन्छ । यसलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ,त्यसैले यसलाई सुपरफुडको श्रेणीमा राखिएको छ ।
गर्मीमा केराको एउटा समस्या के छ भने यो छिट्टै कालो हुन्छ । यदि तपाईंले यस्तो अवस्थामा यसलाई खरिद गर्दा केही कुराहरूलाई ध्यानमा राख्नुभयो र यसलाई घरमा राम्रोसँग भण्डार गर्नुभयो भने लामो समयसम्म ताजा राख्न सकिन्छ ।
झुन्डाएर राख्नुहोस्
केरालाई लामो समयसम्म ताजा राख्न चाहनुहुन्छ भने टेबल वा कुनै सतहमा राख्नुको सट्टा यसलाई कतै झुन्ड्याउनुहोस् । यसका लागि केराको डाँठमा धागो बाँधेर कतै झुन्ड्याउनुहोस् । यसो गर्दा केरा चाँडै पाक्दैनन् ।
केराको डाँठलाई प्लास्टिकले बेर्नुहोस्
केरालाई कुहिनबाट जोगाउन प्रत्येक केरालाई डाँठ छुट्टाउनुहोस् । त्यसपछि प्रत्येक केराको डाँठमा प्लास्टिकले बेर्नुहोस् । यसो गर्दा केरा पाक्ने प्रक्रिया स्लो हुन्छ । वास्तवमा यसबाट निस्कने एथिलिन ग्यास कम मात्रामा निस्कन्छ जसका कारण केरा ४–५ दिनसम्म फ्रेस हुन्छ ।
भिनेगरले धुनुहोस्
केरालाई छिट्टै बिग्रनबाट जोगाउन तपाईं भिनेगर पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि एउटा ठुलो भाँडोमा पानी भर्नुहोस् र त्यसमा केही चम्चा भिनेगर हाल्नुहोस् । अब त्यसमा केरा डुबाएर बाहिर निकालेर झुन्ड्याउनुहोस् ।
एयर टाइट भाँडाको प्रयोग
केरा धेरै दिनको लागि भण्डारण गर्न चाहनुहुन्छ भने, त्यसलाई एयर टाइट प्लास्टिकको झोलामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसरी तपाईं केरालाई एक महिनाको लागि भण्डारण गर्न सक्नुहुन्छ । प्रयोग गर्नु भन्दा आधा घण्टा पहिले यसलाई डिफ्रोस्ट गर्नुहोस् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।